३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

नेकपा (एस) शितगंगाको पहिलो बैठक बस्यो



शितगंगा ।
नेकपा (एकिकृत समाजवादी) शितगंगा नगर कमिटीको प्रथम बैठक बुधबार बसेको छ । संगठन बिस्तारलाई तिव्रता दिइरहेको एकीकृत समाजवादी शितगंगाको प्रथम बैठकले जिल्ला कमिटीबाट आएका निर्देशन अनुसारका गतिविधिलाई निरन्तरता दिएर पार्टीलाई शसक्त रुपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टीलाइ जनस्तरमा चलायमान गराउन १४ वडामा कार्यबिभाजन गरी संयोजक तोकिएको छ ।

साथै मंसिर ११ गते पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अर्घाखाँची आउने कार्यक्रम तय भएकाले शितगंगाबाट ५०० जना कार्यकर्ता कार्यक्रममा सहभागी गराउने गरि नगर कमिटी सदस्य तथा जनवर्गाीय कमिटीका सदस्यहरुलाई परिचालन गर्ने निर्णय भएको छ ।

पहिलो बैठकमा आज नगर कमिटी पदाधिकारीहरुको परिचयात्मक कार्यक्रम तथा आ आफ्नो वडाको पार्टीगत अबस्थाबारे रिर्पोटिङ गरेका थिए ।

बैठका पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज पिताम्बर सारु, पार्टी जिल्ला अध्यक्ष रामबहादुर चौहान, शितगंगा नगर इञ्चार्ज नारायण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८ बुधबार ००:००  ८ : १४ बजे