बसको ठक्करवाट शिवराजमा १८ बर्षीय किशोरको मृत्यु


कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगपालिका वडा न १ मा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । बुधबार विहान शिवराज नगरपालिका वडा न १ स्थित हाइवेय पेट्रोलपंम्प नजिकै बसको ठक्करवाट १८ वर्षीय किशोरको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जाकारी दिएको छ ।

मृत्यु हुनेमा शिवराज नगरपालिका वडा न १ निवासी जित बहादुर मगरको छोरा १८ वर्षीय सन्तोश मगर रहेको प्रहरीले जनाएको छ ।

पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले आज विहान वनकवासबाट चन्द्रौटातर्फ साईकलमा आउँदै गरेका पुनलाइ ठक्कर दिँदा साइकल यात्रि किशोर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका पुनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र प्रहरीले नियन्त्रणमा लिएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस