१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

एमाले अनुशासन आयोगका सदस्य गिरीद्वारा पार्टी परित्याग, नेकपा (एस)मा आउने



काठमाडौं ।
नेकपा एमालेको अनुशासन आयोगका सदस्य एवं दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि डा. अमर गिरीले एमाले परित्याग गरेका छन्।

एमाले नजिक भई कला साहित्यमा सक्रिय गिरीले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेको बुधबार विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

केन्द्रीय अनुशासन आयोगबाट एमाले दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि समेत रहेका गिरीले एमालेको नीति र विचारमा असन्तुष्टि राख्दै पार्टी परित्याग गरेका हुन्।

एमालेमा देखा परेको दक्षिणपन्थी, विचलनकाविरुद्ध संघर्ष गर्ने र यसलाई सच्याउने आधार समेत समाप्त भइसकेको गिरीको ठहर छ।

एमाले अध्यक्षमा केपी शर्मा ओली नेतृत्वमा आएपछि दक्षिणपन्थी चिन्तन बढ्नुका साथै नवौं महाधिवेशनबाट पारित विचार, नीति, कार्यक्रम र कार्यदिशा विपरीत रहन गएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ८ मंसिर २०७८ बुधबार ००:००  ३ : ०७ बजे