१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेकपा (एस) कपिलवस्तुले गठन गर्‍यो राम पौडेल संयोजक रहेको जेष्ठ कम्युनिष्ट मञ्च



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कपिलवस्तुले जेष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ निवासी राम पौडेल संयोजक रहेको जेष्ठ कम्युनिष्ट मञ्च पार्टीले गठन गरेको हो ।

पौडेल लामो समय कम्युनिष्ट विचारमा रही काम गर्दै आउनुभएका पूर्व सरकारी कर्मचारी हुनुहुन्छ । यस्तै मञ्चको सदस्यमा पुराना कम्युनिष्ट नेताहरु डिल्लीराज अर्याल, खिमानन्द शर्मा, झलककुमारी पन्त र गोविन्द बहादुर केसी रहनुभएको छ । उहाँहरु सबै वाणगंगाका हुनुहुन्छ ।
पार्टीले जिल्लाभर रहनुभएका पुराना कम्युनिष्ट नेताहरुलाई जेष्ठ कम्युनिष्ट मञ्चमा राख्ने भएको छ ।

पुराना नेताहरुको सल्लाह, सुझाव र विचारको आवश्यकता पर्ने भएकाले जिल्लामा पार्टीको जेष्ठ कम्युनिष्ट मञ्च निर्माण गर्ने नेकपा (एस) कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८ बुधबार ००:००  ४ : ३१ बजे