११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तुको चार नम्बरमा एरिका बेबी जोनको उद्घाटन, एक हप्ता विशेष छुट !



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको चार नम्बरमा एरिका बेबी जोनको उद्घाटन भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले विहिबार विहान बेबी जोनको उद्घाटन गर्नु भएको हो । बालबालिकाको वृद्धि विकासको लागि चाहिने सबै किसिमका खेलौना र शैक्षिक सामाग्री होलसेल र खुद्रा दरमा विक्रि वितरण गर्ने ध्ययले बेबी जोन खुलेको प्रोप्राइटर विष्णु घिमिरेले बताउनु भयो ।

यस क्षेत्रमा बालबालिकाको संख्या पनि दिनहुँ वृद्धि भइरहेको तर उनीहरुको विकासको लागि चाहिन सबै खेल तथा शैक्षिक सामान किन्न बुटवल र काठमाण्डौँ जानु पर्ने बाध्यतालाई चिर्नको लागि बेबी जोन सफल हुने उहाँको भनाई छ । उद्घाटनको यो एक हप्ताभर हरेक सामानको खरिदमा विशेष छुटको ब्यवस्था गरिएको घिमिरेको भनाई छ ।

उद्घाटन गर्दै प्रमुख अतिथि डोलकराम घिमिरेले कपिलवस्तुमा यस खालको संस्था चाहिएकोमा एरिका बेबी जोनले पुरा गरेको बताउनु भयो । हरेक बालकको सर्वाङगिाण विकासको लागि खेल सामाग्री महत्वपूर्ण भएको उहाँले बताउनु भयो । उहाँले सबै जिल्लाबासीलाई सामान खरिद गरी सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसालले ब्यवसाय सफलताको कामना गर्नुभयो । पत्रकार चन्द्रकान्त न्यौपानेले सहजिकरण गर्नु भएको कार्यक्रममा विष्णु घिमिरेका बुबा खुमानन्द घिमिरे, दाजु लक्ष्मण घिमिरे, मौरी पालन ब्यवसायी संघका लुम्बिनी प्रदेश सचिव लिलापति घिमिरे, कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८ बिहिबार ००:००  १० : १२ बजे