कांग्रेस कपिलवस्तुको क्षेत्रीय चुनाव, क-कसले बाजी मारे ?


मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु जिल्लाको क्षेत्र नः १ को नेपाली कांग्रेसको क्षेत्रीय चुनावबाट सभापति पदका लागी अब्दुल मन्नान खा बिजयी भएका छन । खाँ देउवा निकट नेता रहेका छन । बिजयी हुनेहरुसहित अन्यको मतपरिणाम यस्तो छ ।
क्षेत्रीय सभापति पदका लागी
टेक बहादुर शाहीः २७९
अब्दुल मनान् खाँः २९९ बिजयी
सचिवमा
अतिकुर रहमान जोल्हाः २३५
कृष्ण प्रसाद चौधरीः २९६
चन्द्रकान्त पोखरेलः २६३
बिजय कुमार खनालः २८३
उता सहसचिवमा रमेश शर्मा शुक्ला, सक्रन्ती थारु बिजयी भएका छन ।
यस्तै बिजयी हुने क्षेत्रीय सदस्यमा गजाधर पाण्डेय, गेल्मइ, सुरन कुमार शर्मा, उदयराज चौधरी, छत्रमणि पाण्डे, कोपिला थापा, रमा मिलन कहाँर, उषा पाण्डेय रहेका छन ।
यस्तै महाधिवेशन प्रतिनिधिमा आशिष शर्मा, कमल टण्डन, गणेश बहादुर क्षेत्री, डोलकराम घिमिरे, दुर्गा बहादुर सेन, दुनिका भुसाल, राजेश आर्चाय, राजेश सिहं, बिष्णु प्रसाद न्यौपाने, हिमलाल पाडैल, समिरन मियाँ, जमशेद खा, गोबिन्दी थारु, पुरन थारु, छविलाल नेपाली रहेका । महिलामा अपिला टण्डन, इन्दीरा भटराइ, तनुश्री भण्डारी, बिमला गैरे, त्यस्तै अन्य कोटामा मित्रदेव घिमिरे, गिता पाठक, मेवालाल यादव र सुरेश शर्मा बिजयी भएा छन ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा केही विवादका कारण आज मात्रै मतगणना सुरु हुनेभएको छ । यस्तै क्षेत्र नम्बर ३ मा कार्यसमितिको मत गणना भएको छैन त्यहाँ प्रतिनिधिहरको मत गणना भईरहेको जानकारी पाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस