कांग्रेस कपिलवस्तु क्षेत्र नं.३ मा ब्रह्मानन्द उपाध्याय विजयी


मायादेवी अनलाइन, वाणगंगा ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ को सभापतिमा ब्रहामानन्द उपाध्याय निर्वाचित हुनुभएको छ । उपाध्यायले २ सय ६४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धन्दी हरि प्रसाद पोख्रेलले २ सय २४ मत प्राप्त गर्नुभयो ।

यता क्षेत्र नं. २ को मतगणना विवादको कारण स्थगित भएको थियो । स्थगित मतगणना दिउँसोबाट सुरु भएको छ । क्षेत्र नं. २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा सभापतिको उम्मेदवार रहनुभएको छ ।

यस अघि क्षेत्र नं. १ को सभापतिमा मन्नान खाँ निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी टेकबहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस