लेखक ऋषि आजादको नजरमा विष्णु पन्थी


ऋषि आजाद ।
उनको राजनीतिक इतिहास लामै भयो । मैले घनश्याम भुसाल त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्ववियूको अध्यक्ष हुँदा उपसभापति भएदेखि चिनेको हुँ । त्यसपछि शङ्कर पोखरेल अनेरास्ववियूको केन्द्रीय अध्यक्ष हुँदा उनी केन्द्रीय कोषाध्यक्ष भएका थिए । २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको तर्फबाट सक्रिय नेतृत्व गरेका उनलाई धेरैले निर्भीक र साहसी विद्यार्थी नेताको रुपमा चित्रण गर्थे ।

आन्दोलनका क्रममा पटकपटक पुलिस कष्टडी भोगेका थिए । बारम्बार मण्डलेको कुटाइमा परेका थिए । काठमाण्डौमा कुटाईबाट सख्त घाइते भएर वीर अस्पतालमा बेडमा कह–याईरहेको अवस्थामा देखेको दृष्य मेरो दिमागमा अझै ताजै छ ।

२०५२ सालपछिका भेटहरुमा उनले मूलधारको आवाज विपरीत औपचारिक रुपमा नबोले पनि समाजमा रहेको द्वन्द्वको सही व्यवस्थापन नभएमा क्रान्तिका ज्वालाहरु निभ्दैनन् । निरन्तर प्रकट भइरहन्छन् भन्थे । त्यसैले “कजअफ इफेक्ट“का आधारमा सूक्ष्म तरिकाले द्वन्द्वको सही व्यवस्थापन गर्नुपर्छ भनेको याद आउँछ । अहिले पनि द्वन्द्व व्यवस्थापनका क्षेत्रमा धेरै काम गर्न बाँकी छ भन्छन् । छुवाछुत, विभेद र बहिस्करणमा परेका वर्ग र समुदायहरुलाई मूलधारमा ल्याउन निरन्तर खट्ने उनको चाहना छ ।

मानिसलाई आर्थिक सहायताले मात्र हैन, खुसी र सुखी बनाउन समानता, स्वतन्त्रताको बोध गराउँदै स्वाधीन र आत्म सम्मानले युक्त नागरिक बनाउनु पर्छ भन्छन् । यो ठूलो कुरा हो ।

उनले २०५८ सालदेखि नै माओवादी र अरु सबै दलहरु बीच सम्मेलन गरी अन्तरिम सरकार बनाएर संविधान सभामा जानु पर्छ भन्थे । शङ्कर पोखरेलहरु संविधान सभामा जानु पर्छ भनेर बोलिसकेका थिए । पछि दिल्लीमा १२ बुँदे सम्झौता भयो । त्यसपछि उनले परिवर्तनका लागि अहम् भूमिका खेलेका थिए । २०६३ को आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।

त्यो समयमा उनले माओवादीलाई जनताको बहुदलीय जनवादको संरचनात्मक फ्रेमभित्र प्रतिस्पर्धाको लागि ल्याउनु पर्छ भन्थे । आन्दोलनको सफलतापछि उनले संविधानसभाका कतिपय बहसहरुमा सक्रिय भाग लिन्थे । सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीकरणका भावनाहरु आज पनि कार्यान्वयन गर्न दबाब दिन्छन् । परिवर्तनका एजेन्डाहरुमा उनी इमान्दार छन् ।

पार्टीमा जनजाति, मधेस, थारु, मुस्लिम, महिला, दलित, अपाङ्गताको समानुपातिक सहभागितालाई सुनिश्चित गरी सबै वर्ग र समुदायको साझा पार्टी बनाउनुपर्छ भन्ने कुरामा स्पष्ट छन् । सङ्घीयतालाई अरु चुस्त बनाउनु पर्छ भन्ने उनको चाहना छ ।

उनी दशौं महाधिवेशनमा भूगोलबाट उमेदवारी दिदैछन् । यस पदमा उनले विजय गर्न सक्ने अनुमान छ ।

विशेषतः पछिल्लोपटक प्रदेश सभासद भएपछि उनको प्रभावकारिता ह्वात्तै बढ्यो । उनले पछि परेका वर्ग र समुदायको पक्षमा समावेशी आर्थिक नीति तथा कार्यक्रमको माध्यमबाट विशेष योजना ल्याउन दबाब दिए । अबको विकास आधारभूत वर्गको ढोकासम्म पुग्नुपर्छ भन्ने उनको चहना हो । बाँच्न सक्नेहरु आफै बाँच्छन् बाँच्न नसक्नेहरुलाई राज्यले बचाउनु पर्छ भन्ने उनको नारा हो । उनले विशेषतः आफ्नो निर्वाचन क्षेत्रमा रोजगारमूलक उद्योग र व्यवसायहरु खोल्न ध्यान दिए । युवा उद्यमीहरुलाई त्यस्तो सल्लाह दिएका थिए । यसबाट केही युवा उद्यमीहरु लाभान्वित भएका छन् ।

यो अवधिमा उनले कृषकहरुको हितमा निकै राम्रो काम गरे । उत्पादनलाई सहज रुपमा बजारसम्म पुराउन सकेमा कृषकहरुको जीवनस्तर बढ्छ भन्दै त्यो विषयमा ध्यान दिएर लागे । कोरोनाका बीचमा उनले खेलेको भूमिका प्रशंसनीय रह्यो ।

राजनीतिक विवाद र विभाजनमा उनले एकताको पक्षमा दृढ रहे । २०३६ सालदेखि बनाएको पार्टी फोरिदैन भन्दै अनुमानभन्दा भिन्नै तरिकाले प्रस्तुत भएर युवाहरुमा नयाँ सन्देश दिए ।

उनले पार्टीमा अब विगतमा जस्तो हैन, युवाहरुको चहना अनुसार भविश्यमा आन्तरिक निर्वाचनमा जानु पर्छ भन्छन् । निर्वाचनमा जान नदिने र निकासविहीन रुपमा राखी राख्ने हो भने राजनीतिबाट युवा पलायन हुन्छन् भन्ने उनको धारणा छ । यो महाधिवेशनलाई लोकतन्त्रको जग बसाउने महाधिवेशन बनाउने विचार प्रकट गर्छन् ।

उनीजस्ता अर्थ राजनीतिक सोंच र जनपक्षीय शैली भएका नेताहरु यो महाधिवेशनमा अघि आउनु पर्छ । उनले जितून् । उनलाई मङ्गलमय शुककामना ।

बुटवल स्थायी घरभएका लेखक आजादले फेसबुकमा पोस्ट् गरेका विचार प्रकाशित गरेका हौं ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस