७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

एकीकृत समाजवादी मायादेवी गाउँपालिकाको प्रथम भेला सोमबार



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको दक्षिणी सिमावर्ती मायादेवी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले प्रथम गाउँपालिका कमिटीको भेला आयोजना गरेको छ ।

सोमबार (भोलि) गाउँपालिकाको वडा नं. २ भैसकुण्डामा आयोजना गरिएको प्रथम भेलाबाट गाउँपालिका कमिटी गठन हुने पार्टीका पालिका इन्चार्ज फैजल खाँले जानकारी दिनुभयो ।

भेलालाई सम्बोधन गर्न पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्री, जिल्ला अध्यक्ष लंका बहादुर हमाल, केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, लुम्बिनी प्रदेश कमिटी सदस्य एमडी हसन, जिल्ला उपाध्यक्ष तथा क्षेत्रीय इन्चार्ज नेत्रलाल खनाल लगायत आउने पालिका इन्चार्ज खाँले बताउनुभयो ।

नेकपा (एस)को बलियो उपस्थिति रहेको मायादेवी गाउँपालिकामा पहिलो पटक पालिका कमिटी बन्न थालेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  ६ : ०५ बजे