१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बुद्धभूमिमा पनि देखियो हैजा, एक बालिकाको ज्यान गयो



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाका कारण आइतबार थप एक बालिकाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका– ६ महुवाकी १३ वर्षीया श्रृजना यादवको मृत्यु भएको हो ।

कपिलवस्तुमा असोज १८ गतेदेखि फैलिएको हैजाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । बुद्धभूमि– ७ मानपुरमा असोजको पहिलो साता साढे २ वर्षकी बालिकाको समेत झाडा पखालाका कारण मृत्यु भएको थियो ।

बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । बुद्धभूमीको वडा नं. ५ र मायादेवीको वडा नं. ७ मा १४ जनामा हैजाको जीवाणु भेटिएको छ । बुद्धभूमिका ५, ६, ७, ८ र १० वडामा हैजाका बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  ६ : २५ बजे