२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

ओलीले दर्ता गराए उमेदवारी



सौराहा ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । सोमबार बिहान सौराहास्थित होटेल सेभेन स्टारमा स्थापित केन्द्रीय निर्वाचन कार्यालयमा आएर उनले उमेदवारी दर्ता गराएका हुन् ।

ओलीको प्रस्तावकमा विष्णुप्रसाद पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् । यसअघि, उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका थिए ।

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत सोमबार बिहादेखि चुनावी प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  १० : १४ बजे