३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

लालबाबुद्धारा केन्द्रीय सदस्य अस्वीकार, ओलीको सुचिलाई ‘लुडो र सापक‍’ खेलको संज्ञा




काठमाण्डौँ ।

एमाले नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा बस्ने आंकाक्षा राखे पनि ओलीले घोषणा गरेको सूचीमा पण्डितको नाम केन्द्रीय सदस्यमा छ ।

पदाधिकारीमा नअटेपछि असन्तुष्ट बनेका पण्डितले केन्द्रीय सदस्यमा नबस्ने बताएका हुन् । उनले अब आफू एमालेको संगठित सदस्य मात्रै हुने बताएका छन् । आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए ।

ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेका उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा मागेका उल्लेख गरेका हुन् ।

आफूले दाबी गरेको उपाध्यक्ष पदमा बागी नहाल्ने उनले बताए । उनले ओलीले घोषणा गरेको पदाधिकारी र केन्द्रीय कमिटीको सूचीलाई ‘लुडो र सापक‍’ खेल भएको टिप्पणी गरेका छन् ।

नवौँ महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका पण्डित पराजित भएका थिए । एमाले विभाजनमा भने उनले माधवको साथ छाडेर ओलीलाई सहयोग गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  २ : १५ बजे