१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नाम निकाल्दै ओली पक्षको मतदातालाई उर्दी, भीम रावललाई भोट नहाल्नू




चितवन ।

चितवनमा जारी नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। निर्धारित समय भन्दा करिब ७ घण्टापछि मात्र मतदान सुरु भएको हो। अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावलसहितका नेताहरूको नामावली निकालेर केपी ओली समूहका कार्यकर्ताले भोट नहाल्न आग्रह गर्दै पर्चा बाँडेका छन्।

भोट हाल्नका लागि लाइनमा बसेका मतदातालाई अध्यक्षका उम्मेद्वार भीम रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिवका उम्मेद्वार टंकप्रसाद कार्की र भीम आचार्यलगातको नाम निकालेर बाढिरहेका छन्। यस्तै उनीहरूले ओली प्यानलको लिस्ट पनि सँगै बाढ्दै भोट हाल्न आग्रह गरिरहेका छन्।

प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने भनिए पनि जारी मतदानमा प्यानलको सूची बनाएर महाधिवेशन प्रतिनिधिलाई वितरण गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको हो।

सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको छ। राति ९ बजेदेखि बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा ४ बजेदेखि मात्र मतदान सुरू भएको हो।मतदानका लागि मतदाताको लामो लाइन छ। रातभर जाग्राम बसेर मतदानका लागि बसेका प्रतिनिधिहरू बिहान पुनः लाइन लागेर भोट हाल्न तयार छन्।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ७ : १८ बजे