२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मतदान स्थलमा कसैलाई भोट नहाल भन्दै सूची बाँड्नु गलतः आयोगका अध्यक्ष सुब्बा




काठमाण्डौँ ।
नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान स्थलमा कसैलाई भोट नहाल भन्दै पर्चा बाँड्नु गलत भएको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्षका अर्का उम्मेदवार भीम रावललगायत उम्मेदवारलाई भोट नहाल्न सूची नै मतदान स्थलमा वितरण गरेका थिए।

आज बिहान उनीहरूले भोट नहाल्न भन्दै सूची नै वितरण गरेपछि रावलले विरोध गरेका छन्।

मतदानस्थलमा यसरी कसैका पक्ष वा विपक्षमा सूची नै बनाएर भोट हाल वा नहाल भन्न नमिल्ने पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती बताउँछन्।

भोट नहाल भनेर सूची नै वितरण गरिनु अलोकतान्त्रिक हुने पनि उनको भनाइ छ।

‘मतदान सुरू भइसकेपछि लाइनमा बसेकाहरूलाई मलाई मत देऊ भन्न पनि पाइँदैन नदेऊ भन्न पनि पाइँदैन,’ उप्रेतीले सेतोपाटीसँग भने, ‘चुनाव हुनु भनेको लोकतान्त्रिक पद्धती हो। यदी विधिवत रूपमा दल चलेको छ भने प्रचारप्रसारका लागि समय तोकिनुपर्छ।’

निर्वाचन प्रक्रिया सुरू भयो र प्रचारप्रसारका समय सकियो भने कसैलाई भोट हाल वा नहाल भन्न नमिल्ने उनले बताए। 

‘चुनावी प्रक्रिया सुरू भएपछि कसैलाई मत दिनु र नदिनु भनेर बोल्न, लेख्न वा प्रचारप्रसार गरिनु हुन्न। यदी गरियो भने यो लोकतान्त्रिक प्रक्रियाभन्दा फरक हुन्छ,’ उनले भने।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  १० : ११ बजे