७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

एमाले महाधिवेशन : मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने



चितवन ।
नेकपा एमालेको १० औं महाधिवेशनमा मतदान प्रक्रिया सकिएको छ। बिहान ४ बजेबाट सुरु भएको मतदान सकिएको हो। दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ९६ जनाले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सचिव बाबुराम दाहालले जानकारी दिए।

निर्धारित समयमा मतदान नसकिएपछि केही समय थप गरिएको थियो। विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको व्यबस्था गरिएको थियो । एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो।

मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लागेको थियो। केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डाक्टर विजय सुब्बाले जानकारी दिए। डा सुब्बाका अनुसार मतगणना सुरु गरेको करिब बढीमा तीन घण्टामा अन्तिम परिणाम आइसक्ने छ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  १ : ०० बजे