२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

एमाले महाधिवेशनः गणना सकिएपछि मात्र मत परिणाम सार्वजनिक गरिने



चितवन ।
नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत पदाधिकारी तथा केन्द्रीय समिति सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सबै मत गनिसकेपछि मात्र सार्वजनिक हुने जनाइएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक विजय सुब्बाका अनुसार मत गणना जारी रहेको र चरणबद्ध रूपमा नभई एकै पटक सबै मत परिणाम सार्वजनिक गर्ने तयारी छ । उनले बाहिर सार्वजनिक भएका मत परिणाम आधिकारिक नभएको र त्यसको सत्यता आफूहरूले पुष्टि गर्न नसक्ने पनि प्रस्ट पारे ।

‘हामीले अहिलेसम्म मत परिणाम सार्वजनिक गरेका छैनौँ,’ उनले भने, ‘हामी एकैपटक सबै मत परिणाम सार्वजनिक गर्ने योजनामा छौँ ।’उनले अब करिब डेढ घण्टापछि मत परिणाम सार्वजनिक हुने पनि जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ३ : ०० बजे