२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

विश्वभर कोरोना संक्रमण दरमा तीव्र वृद्धि, एकैदिन ७ हजार बढीको मृत्यु



काठमाडौं ।
विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेको देखाएको हो ।

निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेको छ र निको हुनेको संख्या बढिरहेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या पनि घट्दो क्रममा रहेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ३०९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमाब कोरोना संक्रमणबाट ७ हजार ३०९ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ६३ हजार ६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २६ करोड २९ लाख ९५ हजार ५९५ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २३ करोड ७४ लाख ७२ हजार ३४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५२ लाख ३२ हजार ३१२ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५२६ को ज्यान गएको छ । ६ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख २१ हजार ३६६ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ८ लाख २ हजार ९०९ जना संक्रमित निको भइसकेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८ बुधबार ००:००  ६ : १२ बजे