५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सिपीको कटाक्षपछि प्रचण्डले भने, राप्रपाको अध्यक्ष बन्दै हुनुहुन्छ जस्तो लाग्यो



काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन सत्रमा नेकपा माले का महासचिव सिपी मैनाली र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काप्रति कटाक्ष गरेका छन्।

कार्यक्रममा शुभकामना दिने क्रममा मैनालीले प्रचण्डले नेतृत्व गरेको २०६३ सालको परिवर्तनले मुलुकमा अवाञ्छित बाह्य हस्तक्षेप भित्र्याएको दाबी गरे।

शान्ति सम्झौता गरेर फर्किँदा विदेशी एजेण्डाको भारी बोकेर आएको गम्भीर आरोप मैनालीले लगाए।

‘प्रचण्डजीहरुले २०५२ सालमै सशस्त्र युद्ध गरेर जनगणतन्त्र ल्याउँछु भन्नुभयो, हुनहुन्न भनेर मैले बाबुरामको घरमा त्यत्रो लामो कुरा गरेको तर उहाँहरु जानुभयो तर पछि जनगणतन्त्र ल्याउन सक्नुभएन, तैपनि आत्मालोचना छैन। पछि फर्किँदाखेरी जसले उहाँहरुलाई आतिथ्य दिएको थियो, उसैले आतंककारी भन्यो।

उनले भने, आतंककारी ट्याग निकाल्ने क्रममा विदेशी एजेण्डाको कुस्त भारी बोकाएर पठायो। यो भारीलाई २०६३ सालको परिवर्तनपछि न उहाँले एउटा हटाउनुभएको छ न त्यसपछि बन्ने सरकारले एउटा हटाएको छ, छैन।

उनले राजा महेन्द्र र पृथ्वीनारायण शाह राष्ट्रवादी भएको भन्दै प्रशंसा गरेका थिए। त्यसको केहीबेरपछि बोलेका प्रचण्डले सुरुमै मैनालीलाई जवाफ दिए।

‘पहिला राजतन्त्र सिध्याउनु पर्छ भनेर टाउको काट्न सुरुवात उहाँले नै गर्नुभयो, उनले भने, अहिले तपाईंहरुको अगाडि महान राजा भनेर पनि बोल्नुभयो, मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ क्यारे, साँच्चै त्यसै हो भने सिपीजीलाई बधाई छ। म त्यस्तो भाषा बोल्न जान्दिन हाम्रो मत मिल्दैन म गणतन्त्रवादी, धर्मनिरपेक्षतावादी तर म तपाईंहरुजस्तै राष्ट्रवादी।

प्रकाशित मिति : १५ मंसिर २०७८ बुधबार ००:००  २ : ३० बजे