४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

आज राष्ट्रपति भण्डारी कपिलवस्तुको नन्दनगर आउँदै



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा २ नन्दनगरमा २७ औं ज्ञानमहायज्ञ समुद्घाटन गर्न विहीबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारी आउनु हुने भएको छ ।

यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीका अनुसार विहीबार विहान ११ बजे राष्ट्रपति भण्डारीले ज्ञानमहायज्ञ समुद्घाटन गर्नु हुने छ । हेलिकप्टरमार्फत् उहाँ आउने भएपछि नन्दनगर र बाणगंगाबासी नै खुसी भएका छन् ।

राष्ट्रपति भण्डारीलाई आफ्नौ भूमिमा स्वागत गर्न आफूहरु आतुर रहेको उनीहरुले मायादेवीलाई बताएका छन् ।

महायज्ञ मंगलबार देखि सुरु भए पनि त्यसको औपचारिक उद्घाटन विहीबार हुने छ । पूर्ण निर्धारित समय अनुसार मंगलबार देखि सुरु भई ज्ञानमहायज्ञ मंसीर २२ गतेसम्म हुने भनिएको थियो । यद्यपि राष्ट्रपतिको व्यस्तताका कारण विहीबार मात्र आउनुहुने भएको हो ।

महायज्ञमा यसपटक अन्तर्राष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन (भारत) ले कथा बाचन गर्नु हुने कार्यक्रम छ । यस्तै हरेक दिन सन्ध्यामा साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।

जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको श्री मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको सहयोगार्थ महायज्ञ सुरु भएको हो ।

विगतका बर्षहरुमा भन्दा फरक ढंगले सम्पन्न गर्नको लागि यज्ञस्थल अहिले चिटिक्क पारिएको छ ।

यता राष्ट्रपति आउने भएपछि वाणगंगा नगरले पूर्ण सहयोग गर्ने जनाएको छ । विहीबार बसेको नगर कार्यपालिका बैठकले आजको ज्ञानमहायज्ञमा सहभागी हुन सम्पूर्ण नगरबासीमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८ बिहिबार ००:००  ६ : २८ बजे