४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

शनिबार माधव नेपाल अर्घाखाँची आउँदै




मायादेवी अनलाइन, जितपुर ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल शनिबार अर्घाखाँची आउनुहुने भएको छ ।

यही मंसिर १८ गते सन्धिखर्कको सभागृहमा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउने नेकपा (एस) अर्घाखाँची प्रचार विभाग प्रमुख नारायण शर्माले बताउनुभयो ।

कार्यक्रमलाई अध्यक्ष नेपालसंगै पार्टीका केद्रिय उप महासचिव डाक्टर विजय पौडल, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी लगाएतका नेताले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीका ६ वटै पालिकामा कमिटी गठन गरेको छ । पछिल्लो समय नेकपा एस प्रति जनताको आकर्षण बढेको र चुनाव जित्नेगरी काम गरेको अध्यक्ष चौहानले बताउनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७८ बिहिबार ००:००  ८ : २४ बजे