१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

सुनवलमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइने, तयारी तिव्र



पुरन अधिकारी, पश्चिम नवलपरासी ।

पश्चिम नवलपरासीको सुनवल १२ भुमहिमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२१ मनाइने भएको छ ।

आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको आयोजना र इन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरको सहकार्यमा साताव्यापी आयोजना गरिने कार्यक्रमको लागि शुक्रबार छलफल भएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२१ डिसेम्बर १८ तारिखलाई लक्षित गरि साप्ताहिक रूपमा गरिने छ । त्यसको लागि तयारी थाल्ने जनाइएको छ ।

कार्यक्रममा विश्वभर छरिएर कार्यगर्दै आईरहेका नेपाली कामदारको हितका लागि एवं कामको सिलसिलामा मृत्युवरण गरेका कामदारको आत्माको शान्तिका लागि जिल्लाका सातवटै पालिका र नगरपालिकामा दिप प्रज्वलन, बैदेशिक रोजगारीका समस्या झल्काउदै त्यसको निराकरण र सचेतनाका लागि सडक नाटक, सम्बन्धित व्यक्ति र सरोकारवालाहरुको उपस्थिति गराई सचेतना कार्यक्रम गरिने छ ।

यस्तै पालिका एवं नगरपालिका स्तरीय आप्रवासी परिवार हकहित मञ्चको कमिटी गठन, बैदेशिक रोजगारीले समस्यामा परेका बालबालिकाहरूलाई न्यानो कपडा र स्टेसनरी वितरण जस्ता कार्यक्रमहरु गरि समापनका दिन सरोकारवाला सङ्गको उपस्थितिमा आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको साधरण सभा र अधिवेशन गरि अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइने छ ।

आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न छलफल इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सरोकारवाला सामी परियोजना कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी, आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका सचिव रामु भुषाल, कोषाध्यक्ष सुमित्रा चौधरी, सामी परियोजना परामर्शकर्ता रमा आले, एकता न्यौपाने, समाजिक परिचालक जीवन विक लगायत जिल्लामा कार्यरत सामी परियोजनाका कर्मचारी एवं आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७८ शुक्रबार ००:००  ७ : ११ बजे