२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

आगामी निर्वाचननमा पहिलो शक्ति बन्छौ : मेटमणि



अर्घाखाँची १७ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति वन्ने वताएका छन ।

एकीकृत समाजवादी पार्टी अर्घाखाँची जिल्ला कमिटीले शनिवार अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलामा वोल्दै नेता चौधरीले आगामी निर्वाचनमा आफुहरुलाई जनताले पहिलो शक्तिको रुपमा विजयी वनाउने बताए

पछिल्लो समय नेपालका अधिकाशं जिल्ला एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले आफ्नो पार्टी आगामी निर्वाचनमा पहिलो शक्ति हुने दावी गरे । हामी निर्वाचनसम्म नेपालमा छरिएर रहेका सवै कम्युनिस्टहरुलाई एकीकृत गर्दै जाने तयारीमा लागेका छौ उनले भने यसको नेतृत्व एकीकृत समाजवादीले गरेको छ ।

अहिले सुर्य चिन्ह पाएको केपी वली कम्पनीले आगामी निर्वाचनमा जाने कुनै एजेन्डा नभएको उनको भनाइ छ । के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेको उनको भनाई थियो ।

यात्रा समृद्धिको लक्ष्य समाजवादको मुल नारा लिएको पार्टीको वृहत् जिल्ला भेलालाई पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासि, केन्द्रीय सदस्य पिताम्बर भुसाल लगायतका आधा दर्जन नेताहरुले सम्वोधन गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८ शनिबार ००:००  ३ : ५९ बजे