७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पाल्पामा ट्याक्टर दुर्घटनामा मृत्यु



पाल्पा ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । तानसेन नगरपालिका–९, दमकडा नजिक शनिबार भएको दुर्घटनामा ४१ वर्षीय दीपक ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई भएको दुर्घटनामा बगनासकाली गाउँपालिका–२, पोखराथोकका २१ वर्षीय हिरा कुमाल घाइते भएका छन् । ढकालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

देउरालीबाट दमकडातर्फ दाउरा लोड गरी लैजाने क्रममा ट्याक्टर दुर्घटना भएको थियो । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८ शनिबार ००:००  ५ : ५८ बजे