१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

२४ घन्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु



काठमाडौं ।
पछिल्लो २४ घन्टामा देशभर २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ६ सय १७ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ६५ जना संक्रमित थपिएका हुन्।

आज २ जना संक्रमितको मृत्यु भएको छ। यस्तै, ३ सय ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ६ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ४ : ४७ बजे