७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीको अध्यक्ष र सचिवमा गिरीद्धय चुनिए



मायादेवी अनलाइन चारनम्बर ।

कपिलवस्तुको बाणगंगा स्थित सिद्धार्थ क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कमिटि गठन भएको छ । सोमबार क्याम्पसमा भएको भेलाले पशुपति गिरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

अनेरास्ववियु स्थाई कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज लेखनाथ खनालको प्रमुख आतिथ्यमा भएको भेलाले कमिटिको उपाध्यक्षमा केशव खनाल, सचिवमा कोपिला गिरी, सहसचिवमा सरस्वति पाण्डे, प्रदिप पोख्रेल, दिपक कुमार ठाकुर र कोषाध्यक्षमा सरीता यादव लाई चयन गरेको छ भने अन्य सदस्यमा रहेका छन् ।

चयन भएका सबैलाई प्रमुख अतिथि खनालले टिका लगाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा अनेरास्ववियुका जिल्ला नेता, सचिवालय सदस्य लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ५ : २७ बजे