८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

देवदहको एक कलर हाउसमा आगलागी, ५० लाख बढीको क्षति



बुटवल ।

रुपन्देहीको एक कलर हाउसमा आगलागी भएको छ ।

देवदह नगरपालिका९ १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा सोमबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए । विद्युत सर्ट भैइ आगलागी भएको प्रहरी प्रवक्ता पौडेलले बताए । देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पुर्ण नियन्त्रणमा आएको उनले बताए ।

क्षेतिको विवरण आउन बाकी रहेको प्रहरी प्रवक्ता पौडेलले बताए । सप्लायर्सका संचालक यज्ञ प्रसाद अर्यालले भने ५० लाख बढीको क्षति भएको बताएका छन ।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ६ : १९ बजे