२ असार २०८२, सोमबार | Mon Jun 16 2025

अगेरपानी सामुदायिक वनको १२ औं साधारण सभा सम्पन्न




चेतन विष्ट, बाणगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानीको ढाबमा रहेको अगेरपानी सामुदायिक वन उपभोक्ता समूहको १२ औं वार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

उपभोतmा समुहका अध्यक्ष डासुराम विष्टको अध्यक्षता, वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अब सामुदायिक वनको कामकाजलाई कसरी प्रभावाकारी ढगंबाट अघि बढाउने भन्ने विषयमा छनफल भएकोे समुहका सल्लाहाकार मान बहादुर विष्टले मायादेवीलाई बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिधि न्यौपानेले चुरेलाइ जोगाउनको लागि जगंलको संरक्षण अनिवार्य रहेको र वनका काठपातलाई सहि सदुपयोग गरेर राम्रो फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।

साधारण सभा तथा अधिबेशनमा उपभोक्ता समुहका पदाधिकारी सहित अन्य स्थानियको पनि उपस्थिति रहेको थियो । यसैबिच शितगंगा १४ मै रहेको ढाब सामुदायिक वन उपभोक्ता समूहको १३ औ वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ ।

वडा नम्ब १४ कै वडा अध्यक्ष दामोदर न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समुहका पदाधिकारी सहित स्थानियको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८ सोमबार ००:००  ६ : ५१ बजे