१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

साइकल ब्यवसायी समिति कपिलवस्तुको अध्यक्षमा पुनः घिमिरे



मायादेवी अनलाइन, चारनम्बर ।

साइकल ब्यवसायी समिति कपिलवस्तुको अध्यक्षमा पुनः विष्णु घिमिरे दोहोरिनु भएको छ । साइकल चलाऔँ, दुर्घटनाबाट बचौँ र बातावरणीय प्रदुषण घटाऔँ भन्ने मुल नाराका साथ मंगलबार बुद्धभूमि नगरपालिका वडा नम्बर २ ढिकरीमा सम्पन्न १२ औँ साधारण सभा र छैठौँ अधिवेशनले आगामी दुई बर्षको लागि घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

११ सदस्यीय समितिको उपाध्यक्षमा कमल श्रेष्ठ, सचिव रविन्द्र अर्याल, सहसचिवमा सुवास घिमिरे र कोषध्यक्षमा पारस बेलबासे सर्वसम्मत चयन हुनुभएको अध्यक्ष घिमिरेले मायादेवी अनलाइनसंग बताउनु भयो । यसैगरी समितिको सदस्यमा माधव पोख्रेल, रञ्जित गुरुङ, मिनु गुरुङ, भक्त बहादुर विसी, चनराम थारु, भूमिश्वर खनाल, हरिहर थारु रहनुभएको छ भने ५ सदस्यीय सल्लाहकार समिती चयन भएको छ ।

अध्यक्ष घिमिरेको अध्यक्षता, देवराज उपाध्यायको प्रमुख आतिथ्य र रविन्द्र अर्यालको संचालनमा साधारण सभा सम्पन्न भएको थियो । सोही अवसरमै समितिले बनभोज कार्यक्रम पनि गरेको थियो ।

पुनः अध्यक्षमा दाहाोरिएपछि घिमिरेले जिल्लामा सुदृढ साइकल ब्यवसायी बनाउने अभियान थालिने बताउनु भयो । पहिलो कार्यकाल अनुभवमै वितेको हुँदा दोश्रो कार्यकालमा जिल्लाका साइकल ब्यवसायी साथीहरुलाई राष्ट्रिय रुपमा चिनाउने गरी काम गर्ने घिमिरेको दावी छ ।
अब उहाँले बातावरणीय प्रदुषण कम गर्नको लागि साइकल राइडर्सहरुसंग मिलेर साइकल चलाउनु पर्ने मान्यतालाई स्थापित गरिने बताउनु भयो । पछिल्लो समय जिल्लामा साइकल राइडर्सहरुको संख्या बढिरहनु सुखद रहेको उहाँहरुलाई उत्साह थप्न नयाँ काम गरिने घिमिरेले बताउनु भयो ।

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  ४ : २५ बजे