४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

पाल्पा दुर्घटनामा दुईको मृत्यु



पाल्पा ।

पाल्पाको निस्दी गाउँपालिका–७ मा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिपर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिपरको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताए।

पाल्पाको रामपुर ५ बेझाडमा ट्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी रहेको बताइएको छ।

हाइड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिए।

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  ४ : ३७ बजे