११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

ब्राउनसुगरसहित नेपालगञ्ज उपमहानगरपालिकाका गार्ड पक्राउ



नेपालगञ्ज ।

बाँके प्रहरीले नेपालगञ्जका कृष्ण जिसीलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

वीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडिबाट प्रहरीले बुधबार बिहान जिसीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भूपूआर्मी जिसी नेपालगञ्ज उपमहानगरपालिकाका गार्ड हुन् । उनले राति उपमहानगरपालिकामा डिउटी गरेर त्यही सुतेका थिए ।

मंगलबार साँझ ५ देखि राति १ बजेसम्म ड्युटी गरेका जिसी क्वाटरमै सुतेर बिहान साढे सात बजेतिर निस्केका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको क्वाटरबाट निस्केका जिसी केहीबेरपछि ब्राउनसुगरसहित पक्राउ परेका हुन् । बाँके प्रहरीले जिसीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ ।

यस्तै प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का सुशान्त शाहीलाई चार ग्राम ब्राउनसुगरसहित जमुनाहा नाकाबाट पक्राउ गरेको छ । मंगलबार साँझ सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ब्राउनसुगर बोकेर आउदा शाही पक्राउ परेका थिए ।

लागुऔषध ब्राउनसुगर कारोबारमा नेपालगञ्ज यस क्षेत्रकै प्रमुख शहरको रुपमा गनिने गरेको छ । सीमावर्ती शहर भएकाले भारतबाट ब्राउनसुगर खरिद गरेर यही शहरबाट अन्यत्र कारोबार हुने गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  ४ : ४२ बजे