१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

२४ घण्टामा थपिए २५५ कोरोना संक्रमित, ३६६ जना निको



काठमाडौँ ।
पछिल्लो २४ घण्टामा नेपालमा २५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित प्रेस ब्रिफिङमा ९ हजार १६८ पीसीआर नमुना परीक्षण गर्दा २५५ जनामा संक्रमण देखिएको छ ।
३ हजार ६ वटा एन्टीजेन नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, ३६६ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ८ लाख २३ हजार ३५७ जनामा कोरोना पुष्टि भएको छ भने ८ लाख ५ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७।८ प्रतिशत छ । यस्तै, ११ हजार ५४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । हाल देशभर ९६ जना क्‍वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  ५ : १० बजे