१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रदेश– एक र दुईका केही स्थानमा वर्षाको सम्भावना



काठमाडौं ।
देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुेन र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज राति प्रदेश १ र प्रदेश २ का भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराईका भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने गरेको छ । जसका कारण चिसो बढेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८ बिहिबार ००:००  ७ : ४८ बजे