१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

वाणगंगा वडा नम्बर २ ले बाढ्यो जेष्ठ नागरिकलाई ‘ज्याकेट’ र न्यानो ‘सल’




दीपा महत, जितपुर ।

वाणगंगा नगरपालिका वडा नम्बर २ ले नगरभित्रका जेष्ठ नागरिकलाई ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरेको छ ।

शुक्रबार वडा कार्यलयमा सम्पन्न जेष्ठ नागरिक सम्मान कार्यक्रममा नगरभित्र रहेका ३ सय २५ भन्दा बढी जेष्ठ नागरिकलाई ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरेको वडा अध्यक्ष विष्णु पौडेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पौडेलले चिसो बढ्न लागेको र यस मौसममा सबै भन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित हुने भन्दै ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरिएको बताउनुभयो ।

वडाले विगतका वर्षहरुमापनि जेष्ठ नागरिकको सम्मानका लागि विशेष कार्यक्रम गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । जेष्ठ नागरिकलाई घरपरिवारको माया, साथ सहयोगको आवश्यक पर्ने भन्दै उनिहरुलाई हेयको दृष्टी नहेरी माया र स्नेह दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै रत्न बहादुर कार्की, भिम बहादुर कार्की र नहकुल शाहीले वडाले जेष्ठ नागरिकको लागि गरेको काम स्रहानिय रहेको भन्दै वडालाई धन्यवाद दिनुभयो ।

यता ‘ज्याकेट’ र न्यानो ‘सल’ पाएपछि जेष्ठ नागरिक पनि खुसी भएका छन् । जाडोको समयमा वडाले न्यानो सल दिएको भन्दै पिपरा निवासी ७९ वर्षिय गंगी जिसीले वडा अध्यक्ष लगाएत सबैलाई धन्यवाद दिनुभयो ।

यस्तै ७८ वर्षिय चिन्तामणी न्यौपानेले आफुहरुलाई हेर्ने जनप्रतिनिधीलाई आगामी निर्वाचनमा निर्वाचित गर्नुपर्ने भन्दै सम्पूर्ण वडा कार्यलय परिवारलाई धन्यवाद दिनुभयो ।

नगर कार्यपालिका सदस्य टिका कुमारी अधिकारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिव नरेन्द्र पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्य, पत्रकार जेष्ठ नागरिक लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७८ शुक्रबार ००:००  १ : ४३ बजे