२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

निधिले देउवाका पक्षमा विज्ञप्ति निकालेर मत मागे



काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उम्मेदवार रहेका विमलेन्द्र निधिले शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानका लागि भोट दिन आग्रह गरेका छन्।

आज विज्ञप्ति जारी गर्दै निधिले देउवाले टेलिफोन गरेर र आफ्नै निवासमा आएर सहयोगका लागि आग्रह गरेको बताएका छन्। देउवाको आग्रहलाई स्वीकार गर्दै आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको निधिले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई दोस्रो चरणमा देउवालाई मतदान गर्न आग्रह गरेका हुन्। पहिलो चरणको चुनावमा निधि २४९ मत ल्याएर चौथो भएका थिए।

पहिलो चरणमा जित्न देउवालाई ८३ मत पुगेको थिएन। दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ। सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले पनि देउवालाई सहयोग गर्ने निर्णय गरिसकेका छन्।

प्रकाशित मिति : २८ मंसिर २०७८ मंगलबार ००:००  ३ : ०९ बजे