१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रेस चौतारीको जिल्ला अधिवेशन पौष १७ गते तय, स्मारिका प्रकाशनको तयारी



कपिलवस्तु ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको वैठक मंगलवार लक्ष्मणघाटमा बसेको छ । वैठकले यहि आउदो पुष १७ गते प्रेस चौतारीको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशन सफल पार्नका लागि विभिन्न विषयगत जिम्मेवारी समेत प्रदान गरिएको छ ।

अधिवेशनमा जिल्लाको प्रेस चौतारीको इतिहास समेट्ने गरि चौतारी स्मारीका विमोचन गरिने भएको छ । जसको तयारीका लागि जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य हरि अधिकारीको संयोजकत्वमा सिताराम चौधरी, कुलराज भुषाल, गिता पौडेल र थानेश्वर अधिकारी रहेको ५ सदस्यीय प्रकाशन समिति बनाइएको छ । त्यसैगरि उपाध्यक्ष जानु पाण्डेको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ ।

वैठकलाई सम्बोधन गर्दै प्रेस चौतारीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज पार्वती पाण्डेले पत्रकारीताको मर्यादामा रहेर संगठनलाई अगाडि बढाउनु पर्ने बताउनु भएको छ । पत्रकारले नराम्रा पक्ष मात्र नभई सकारात्मक पक्षका विषय पनि खोजमुलक तवरले उठान गर्नुपर्ने जनाउनु भयो । वैठकमा हालै चौतारीको केन्द्रीय सदस्यमा मनोनित हुनुभएका जिल्ला अध्यक्ष हरि अधिकारी र निशा विश्वकर्मालाई पाण्डेले सम्मान गर्दै बधाई दिनुभएको थियो । वैठकमा पार्टी अध्यक्ष केपी ओली पौष ६ गते कपिलवस्तु आउने तयारी भएकाले चौतारीले प्रचार प्रसारलाई तिव्रता दिने निर्णय गरेको छ ।

वैठकमा चौतारीका संस्थापक अध्यक्ष चक्रपाणी अर्याल, केन्द्रीय सदस्य निशा विश्वकर्मा, पार्टी प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे, पूर्व अध्यक्ष भेषराज पाण्डे, प्रदेश कमिटि सदस्य कुलराज भुषाल लगायतको उपस्थिती रहेको थियो । चौतारीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य हरि अधिकारीको अध्यक्षता, सचिव बाबुराम रायमाझीको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७८ मंगलबार ००:००  ८ : ४९ बजे