२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ



दाङ ।

नेपालगञ्जको एउटा टेक्निकल कलेजका प्रिन्सिपल १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

नेपालगञ्ज टेक्निकल कलेजका प्रिन्सिपल ४१ वर्षीय हिक्मत रावतका विरूद्ध १७ वर्षीया छात्राले बलात्कार गरेको भनेर उजुरी दिएपछि पक्राउ गर्नु परेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताए।

‘पीडित छात्राको तर्फबाट आफूलाई प्रिन्सिपलले डर धम्की देखाएर पटकरपटक बलात्कार गरेको भनेर दिएको जाहेरीका आधारमा प्रहरीले तीन दिन अगाडि रावतलाई पक्राउ गरेको हो,’ एसपी अधिकारीले भने, ‘घटना अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ।’

एसपी अधिकारीका अनुसार पक्राउ परेका रावत स्टिङ बेलका अध्यक्ष समेत हुन्। उनले टेक्निकल कलेजमा अंग्रेजी विषय पढाउँदै आएका थिए।

प्रकाशित मिति : २९ मंसिर २०७८ बुधबार ००:००  १२ : ३५ बजे