५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पछिल्लो २४ घण्टामा २८० कोरोना संक्रमित थपिए, ६ को मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा २८० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको पनि जनाएको छ । यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर ५६३५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८ बुधबार ००:००  ४ : ४९ बजे