४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

बाणगंगामा ७० प्रतिशतले कोरोना खोप लगाए, अब बालबालिकालाई दिइने




मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ७० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले सहज रुपमा खोप उपलब्ध गराएसंगै नगरमा अहिलेसम्म ५६ हजार ३ सय ६८ जना अर्थात् ७० प्रतिशत नागरिकले खोप लगाएका हुन् ।

नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई दिनुभएको जानकारी अनुसार ६१ प्रतिशत अर्थात् ३१ हजारले पहिलो मात्रा खोप लगाएका छन् भने बाँकीले दोश्रो मात्रा लगाएका हुन् ।

पछिल्लो समय गत मंसिर २४ गतेदेखि पौष २ गतेसम्म १८ बर्ष माथिका छुटेका, नयाँ, पुरानालाई खोप लगाउने अभियान चलेको थियो । जसमा २६ हजार ४ सय ६५ बढीले भेरोसेलको पहिलो मात्रा लगाएका पौडेलले बताउनु भयो ।

आगामी फागुनसम्म सबै नागरिकलाई खोप लगाएर पुर्ण खोपयुक्त नगर बनाउने योजनामा आफूहरु अगाडी बढेको उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो ।

नेपाल सरकारले अब बालबालिकाको लागि पनि खोप दिने अभियान सुरु गरेसंगै आगामी हप्तादेखि बालबालिकालाई मोर्डनाको खोप दिन सुरु गरिने नगरपालिकाले जनाएको छ । विद्यालयमा अध्ययनरत १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई मोर्डना खोप लगाइने जनाइएको छ । बालबालिकाको खोप र अरु खोप लगाउने कार्यक्रम संगसंग अगाडी बढ्ने बताइएको छ । कोरोना खोप लगाउने दरमा जिल्लाका १० पालिकामा बाणगंगा अगाडी रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्धको मोर्डना खोपलाई विद्यालयमा पुगेर लगाउने तयारी भएको बताएको छ । जिल्ला भरीका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने कार्यक्रम छ । पालिकाका शिक्षा र स्वास्थ्य शाखाका प्रमुखसँग बसेर योजना निर्माण भइरहेको कार्यालय प्रमुख हेमराज पाण्डेले बताउनु भयो । पुस ४ गतेदेखि पहिलो चरणअन्तर्गत देशका ३७ जिल्लाका १७ लाख बालबालिकालाई मोर्डना खोप लगाउने सरकारको तयारी छ ।

प्रकाशित मिति : ३ पुस २०७८ शनिबार ००:००  ८ : ४४ बजे