५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

७ हजार ९९७ मा कोरोना परीक्षण गर्दा १८९ लाई संक्रमण



काठमाडौं ।
नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्।
२५० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ। काठमाडौं उपत्यकामा ११० संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित छन्।

प्रकाशित मिति : ३ पुस २०७८ शनिबार ००:००  ३ : ४९ बजे