१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नयाँ ब्यवस्थापनमा अघि बढेको रेसिडेन्सीयल वतृत्वकलामा प्रथम



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बुद्धभूमिस्थित रेसिडेन्सीयल अङ्ग्रेजी बोडिङ्ग स्कुल माध्यमिकस्तरीय वकृत्वकलामा प्रथम भएको छ । किशोर किशोरी तथा युवा कार्यक्रम अन्तर्गत “आजको आवश्यकता किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको सुनिश्चितता” बिषययक वकृत्वकलामा सो विद्यालयकी छात्रा कुसुम न्यौपानले प्रथम भएकी हुन् । उनले १४ जनालाई पछि पारिन् । उनको यो सफलताले नयाँ बयवस्थापनमा अघि बढेको विद्यालयलाई उर्जा थपेको विद्यालयका प्राचार्य राजेन्द्र पिसीले बताउनु भयो ।

प्रतियोगितामा श्री माध्यामिक विद्यालय ईमिलीयाका छात्रा दिपा आचार्य दोस्रो तथा सिद्धार्थ स्मारक माध्यामिक विद्यालय भेलाईका छात्र रेशम गैरे तेस्रो हुन सफल भएका थिए । निर्णायक बुद्धभुमि नगरपालिकाका शिक्षा अधिकृत कृष्ण भट्टराईले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक भएको बताउनु भयो ।

बुद्धभुमि नगरपालिकाको आयोजना तथा कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेजको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । श्री माध्यामिक विद्यालय ईमिलीयाको विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य वामदेव खनालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गणेश पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८ मंगलबार ००:००  ५ : ४५ बजे