७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

रञ्जु दर्शनाले परित्याग गरिन् विवेकशील साझा



काठमाडौं ।
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छिन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनले पार्टी परित्याग गरेकी हुन्।

आफू संलग्न पार्टीले वैकल्पिक राजनीतिको खोल ओडेर अत्यधिक फोहोर खेल खेलिरहेका कारण आफू पार्टीबाट अलग भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् । उनले अर्को राजनीतिक निर्णय नलिएसम्मका लागि आफू एक सचेत र स्वतन्त्र नागरिकको भूमिकामा रहने प्रस्ट पारेकी छिन् । उनले राजनीतिलाई सफा गर्न आफू राजनीतिमा लागेको, तर असमर्थ भएको उल्लेख गरेकी छिन् ।

‘म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भनेर प्रवेश गरेकी व्यक्ति हुँ,’ उनले विज्ञप्तिमा भनेकी छिन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर अत्यधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोसिस पनि गरेँ तर पूर्ण रूपले सफा गर्न असमर्थ रहेंँ । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’

उनले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पनि पत्र लेखेर पार्टी परित्याग गरेको जानकारी गराएकी छिन् ।

प्रकाशित मिति : ८ पुस २०७८ बिहिबार ००:००  १ : ५७ बजे