२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

११ हजार ६२६ मा कोरोना परीक्षण गर्दा २९३ लाई संक्रमण



काठमाडौं ।

नेपालमा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९३ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार ५१० जनाको पिसिआर परीक्षण र २११६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ५ हजार १६१ जना सक्रिय संक्रमित छन्।

२६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ। काठमाडौं उपत्यकामा १४८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित छन्।

प्रकाशित मिति : ८ पुस २०७८ बिहिबार ००:००  ४ : ३० बजे