४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

२० दिने सांगठानिक गतिविधिमा जुट्यो नेकपा (एस) अर्घाखाँची



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) अर्घाखाँची २० दिने सांगठानिक गतिविधिमा योजना बनाई जुटेको छ । जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा बसेको सचिवालय बैठकले यहीँ पुस मसान्त भित्र नगर, वडा, टोल कमिटी गठन, सदस्यता वितरण गरि सक्ने निर्णय गर्दै सांगठानिक अभियानलाई तिव्रता दिने निर्णय गरेको हो ।

पार्टी जिल्ला अध्यक्ष रामबहादुर चौहानको अध्यक्षतामा बसेको बैठकले पुस मसान्त भित्र जनसंगठनका जिल्ला, पालिका र वडा स्तरका कमिटी गठन गरिसक्ने निर्णय गरेको पार्टीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख नारायण शर्माले जानकारी दिनुभयो ।

साथै बैठकले २९ सदस्यिय जिल्ला सचिवालय समेत गठन गरेको जनाइएको छ ।

बैठकमा पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य पिताम्बर भुसालले अर्घाखाँचीमा पार्टीलाई एक नम्बर बनाउने गरी लाग्न सबै नेतालाई निर्देशन दिनुभयो । पार्टी ठूलो एजेण्डाले बन्ने भन्दै त्यो एजेण्डा एकीकृत समाजवादीमा रहेको बताउनुभयो ।

दक्षिणपन्थी अवसरवादमा भासिएको कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गरी देशमा समाजवाद स्थापनाका लागि एकीकृत समाजवादी गठन भएको उहाँले बताउनुभयो । पार्टीको उपस्थिति जिल्लामा दरिलो रहेको भन्दै अब जनताको बीचमा पुगेर लोकप्रियता कमाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७८ शुक्रबार ००:००  ८ : २१ बजे