२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

थप १ सय ६७ जनामा कोरोना संक्रमण




काठमाण्डौ ।


नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या पाँच हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय २६ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या चार हजार नौ सय ७८ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म आठ लाख १० हजार चार सय ९७ जना कोरोना सङ्क्रमित निको भैसकेका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरी ६ हजार चार सय ४७ जनाको नमूना परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप एक जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ८३ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ५५ हजार चार सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ९९ लाख ८५ हजार पाँच सय ६८ जना पुगेको छ ।

यो नेपालमा कोरोना विरुद्धको खोप लगाउने लक्षित जनसंख्याको ५० दशमलव एक प्रतिशत हो । एक करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७८ शनिबार ००:००  ५ : ०५ बजे