३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माओवादी महाधिवेशनः बन्द सत्र सुरु



काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको हो।

बन्द सत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । महाधिवेशन अघि सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको थियो । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : १२ पुस २०७८ सोमबार ००:००  १ : ०८ बजे