४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रौतहटमा जीप दुर्घटना हुँदा ५ भारतीय नागरिकको ज्यान गयो



रौतहट ।

रौतहटमा जीप दुर्घटना हुँदा पाँच जना भारतीय नागरिकको ज्यान गएको छ । दुर्घटना अन्य दुई जना घाइते भएका छन् ।

गरुडा नगरपालिका १ मा जयनगर सडक खण्डमा भएको दुर्घटनामा ज्यान गुमाएका कसैको पनि परिचय खुलेको छैन । गौरबाट गरुडाका लागि छुटेको बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय नम्बर प्लेटको जीप दिउँसो सवा ४ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७८ मंगलबार ००:००  ६ : ०६ बजे