१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सेन्ट्रल जोन विजेता खेलाडीलाई सरकारले जनही ५-५ लाख दिने



काठमाडौं ।

बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५÷५ लाख दिने निर्णय गरेको हो ।

यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ ।
ढाका मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भयो ।
उपाधि विजेता नेपाली टिम भोली (बिहिबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १५ पुस २०७८ बिहिबार ००:००  ६ : ०२ बजे