१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

८ हजार ८९७ जनाको परीक्षण गर्दा २४१ जनामा सङ्क्रमण पुष्टि



काठमाडौं ।

देशभर थप २४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३५ र एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २२८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ७४६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ८७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । हालसम्म देशभर ११ हजार ५९० जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ४२ लाख ८२ हजार ३६० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड ३ लाख १० हजार ६९२ जनाले पूर्ण मात्रा र १ करोड ३९ लाख ७१ हजार ६६८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : १५ पुस २०७८ बिहिबार ००:००  ५ : ३४ बजे