१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवदेन पारित



काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित भएको छ । प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि अध्यक्ष प्रचण्डले आज शुक्रवार जवाफ दिएपछि प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।

जवाफ दिने क्रममा प्रचण्डले प्राप्त सुझावहरूलाई समेटेर प्रतिवेदनलाई व्यापक सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राम कार्कीको पूरक प्रस्ताव र लेखनाथ न्यौपानेको फरक मतबारे भने जवाफ दिनुभएन ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको थियो । जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग ९एमसीसी० का बारेमा प्रतिवेदनमा जे छ त्यही रूपमा बुझ्न आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा परिमार्जनसहित राष्ट्रिय हित अनुकूल बनाएर एमसीसी पारित गर्ने उल्लेख गर्नुभएको छ ।

यस्तै अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने भन्दै यसका लागि जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको बताउनुभयो । २०४५ सालमा सानो समूहबाट सुरु गरेर जनयुद्ध अनि शान्ति प्रक्रिया हुँदै गणतन्त्र र संविधान निर्माण आफूहरूको ठूलो उपलब्धि भएको उहाँले बताउनुभयो ।
गएको आइतवार सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीयय कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : १६ पुस २०७८ शुक्रबार ००:००  ५ : ३७ बजे