४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दाङमा लागुऔषधसहित पाँच जना पक्राउ



दाङ

दाङमा लागु औषध सहित ५ जना पकाउ परेका छन् ।

दाङ प्रहरीले दुई दिनको अवधिमा तुलसीपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की मन्दिरा थापा, वडा नम्बर ५ कै दीपु नेपाली, तुलसीपुर(६ बरुवागाउँका रूद्रमणि पोखरेल शर्मा, बरुवागाउँकै उर्मिला चौधरी र तुलसीपुर(७ सागरनगर टोलका कैलाश नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम ब्राउन सुगर पनि बरामद गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७८ शनिबार ००:००  १२ : ३१ बजे